उत्तरगया गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

चीनबाट रेन्बो ट्राउटको ६० हजार अण्डा नेपाल आयात

चीनबाट रेन्बो ट्राउट माछाको ६० हजार वटा आँखा उम्रिएको अण्डा आयात भएको छ । रसुवागढी नाका हुँदै शुक्रबार आँखा उम्रिएको अण्डा नेपाल भित्रिएको हो ।

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रको लागि अण्डा ल्याइएको हो । चीनको गान्सु प्रान्तबाट डोनाल्डसन् स्ट्रेनको सुइकी–१ जातको माछाको अण्डा ल्याइएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताए । यसको भुरा उत्पादन गरेर किसानलाई बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।

गान्सु फिसरी रिसर्च इन्स्टिच्युट र चाइना नेपाल कोअप्रेसन प्रोजेक्टको अनुदान सहयोगमा अण्डा आयात गरिएको हो । यसअघि पनि केन्द्रमा चीनबाट ३० हजार आँखा उम्रिएको अण्डा आयात गरिएको थियो । उक्त अण्डाबाट उत्पादन भएको भुरा मध्ये १६ हजार भुरा किसानलाई सहुलियत दरमा बिक्री गरिएको थियो । केन्द्रका अनुसार यसको परीक्षण गरिएपछि फेरि ५० हजार आँखा उम्रिएको अण्डा आयात हुने छ ।

सुरुमा हवाइमार्गबाट अण्डा ल्याउने तयारी गरिए तापनि बेइजिङमा केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो । त्यसपछि अण्डाको पिसिआर गरिएको थियो । पछि फेरि हवाइमार्गबाट ल्याउन अनुमति नपाएपछि स्थलमार्गबाट नै अण्डा आयात गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए ।

यो नयाँ जातको माछा हो । चीनले रेन्बो ट्राउटको चारवटा जातबाट क्रस गरेर नयाँ जातको विकास गरेको हो । चीनमा १४ प्रकारका रेन्बो ट्राउट रहेको छ ।

केन्द्रमा अहिले यसवर्ष प्रजनन भएका करिब २ हजार ५ सय जापानिज भुरा, ५ सय जापानिज परिपक्क माउ माछा र ३ सय ५० वटा चिनियाँ परिपक्क माउहरू प्रजनन्का लागि पालिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ५० हजार वटा आँखा उम्रिएको अण्डा किसानलाई बिक्री गरिसकेको छ । केन्द्रले दिएको जानकारी अनुसार रसुवा सहित गुल्मी, दार्चुला, दोलखा लगायतका जिल्लामा अण्डा पठाएको हो । केन्द्रले रसुवा सहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ ।

केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । त्यसैगरी लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ ।

भलिबल प्रतियोगिताको उपाधि लाङ्बुलाई

लाङ्बु, रसुवा , माघ ३ गते । रसुवाको नौकुण्ड गाउँपालिका ६ घोर्मुमा संचालन भएको जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि लाङ्बु भलिबल टिमले जितेको छ । सातधारा यूवा समाजले आयोजना गरेको प्रतियोगितामा लाङ्बु भलिबल टिम पहिलो भएको हो ।

त्यसैगरि  राम्चे युवा समाज द्वितीय र सातधारा युवा समाजले तृतीय  स्थान जितेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश, नगद ४० हजार, २५ हजार, १५ हजार र ५ हजार सहित प्रमाणपत्र, कप र मेडलले पुरस्कार गरिएको प्रदान गरिएको आयोजकले जनाएको छ ।

 नक आउटको आधारमा पौष २७ देखि माघ १ गते सम्म संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । माघे संक्रान्तिको अवसरमा सातधारा यूवा समाजले भलिबल प्रतियोगिता साथै साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

भिडियो पनि हेर्नुहोस् । 

होटल तथा पर्यटन व्यवसायीको प्रदेश भेला गतलाङमा

धुन्चे, रसुवा, पौष १७ गते । होटल तथा पर्यटन व्यवसायीहरूको वागमती प्रदेश भेला गतलाङमा सम्पन्न भएको छ । 'व्यवसायिक एकता, हाम्रो प्रतिद्दता' भन्ने मूल नाराका साथ गतलाङमा सम्पन्न उक्त भेलामा पर्यटन तथा होटल व्यवसायीहरूक उल्लेख्य सहभागिता रहेको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उ्क्त भेलामा कोभिड १९ ले पर्यटन व्यवसायमा पारेको असर, चुनौति र समाधानको विषयमा अन्तर्क्रिया समेत् गरिएको छ । 

तामाङ सम्पदा मार्गमा पर्ने सुन्दर पर्यटकीय नगरी गतलाङको प्रचारप्रसारमा सहयोग पुर्‍याउने हेतुले उक्त भेला आयोजना गरिएको बताइएको छ । 

गोसाइँकुण्डको एकीकृत विकासका लागि ७ करोड

पौष ११ गते । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गोसाइँकुण्डको एकीकृत विकासका लागि ७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । मन्त्रालयले सोमबार ७ करोड बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले पहिलो चरणमा योजना अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने ‘गोसाइँकुण्ड’ मा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । जिल्लामा धार्मिक पर्यटनको विकास गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि योजना सञ्चालन गर्न लागिएको हो ।

योजना अन्तर्गत गोसाइँकुण्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माण कार्य, विद्युतीय कार्य, मन्दिर निर्माण, शौचालय निर्माण, रेलिङ निर्माण, ढुंगाको गारो बनाई तारबार लगाउने, ढल निकास स्थल निर्माण, ६ वटा ट्रष्ट निर्माण, चोलाङपाटीदेखि लौरीविनासम्म भ¥याङ निर्माण, त्रिशूलधारामा भ¥याङ निर्माण र हेलप्याड निर्माण कार्य गरिने छ ।

यसका लागि २२ करोड ४२ लाख ७१ हजार ३ सय ५१ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी योजना अन्तर्गत खानेपानी वितरणका लागि १ करोड ४० लाख १८ हजार ४ सय ७९ रुपैयाँ खर्च लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले योजना सञ्चालनका लागि ३३ करोड ८ लाख १ हजार ७ सय ६२ रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

खानेपानी वितरणको लागि २० वर्षको समयावधि प्रक्षेपण गरेर डिपिआर निर्माण गरिएको छ । डिपिआर अनुसार यस क्षेत्रमा हाल २५ घरधुरीमा १ सय ५० जनसङ्ख्या रहेको देखिन्छ । सन् २०४० मा ३१ घरधुरी हुने र १ सय ८८ जनसंख्या रहने डिपिआरमा उल्लेख छ । डिपिआर अनुसार वितरण प्रणाली बनेमा प्रतिदिन १२ हजार २ सय २० लिटर पानी वितरण हुने छ । २.१६ किलोमिटर मुख्य पाइप लाइन रहने योजनामा ४.६१ किलोमिटर शाखा पाइप लाइन रहने छ ।

एकीकृत विकास योजनामा गोसाइँकुण्ड वरिपरि हुने भौतिक निर्माण र धुन्चे–गोसाइँकुण्ड पदमार्गलाई मात्र समावेश गरिएको छ । यसले गोसाइँकुण्ड जाने अन्य तीनवटा पदमार्गलाई छुन सकेको छैन । केही वर्ष पहिलेसम्म गोसाइँकुण्डमा मेलाको समयमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा समेत तीर्थयात्री तथा पर्यटक आउने गरेका छन् ।

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।

गोसाइँकुण्ड ताल (Gosainkunda Lake)

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत ४३८० मीटर उचाईमा अवस्थित गोसाइँकुण्ड ताल धार्मिक, ...


 

कोभिडका कारण रसुवागढी नाकाबाट भित्रने पर्यटकको संख्यामा कमी

धुन्चे, रसुवा, पौष १७ गते । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल भित्रने पर्यटकको संख्यामा कमी आएको हो ।

नाकाबाट प्रतिवर्ष १० हजारदेखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएका छन् । यो नाका सञ्चालन भएयता कै सबैभन्दा कम संख्या हो । पछिल्लो ८ महिनामा नाकाबाट पर्यटक नआएका अध्यागमन कार्यालय रसुवाका प्रमुख एकनारायण भण्डारीले बताए ।

‘चीनको उहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गर्‍यो’, उनले भने, ‘त्यसयता नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बन्यो ।’ अहिले नाकाबाट सीमित चिनियाँ सामग्री भित्रने गरेको भएपनि मान्छेको आवतजावत खुला गरिएको छैन ।

कार्यालयको तथ्यांक अनुसार नाकाबाट नेपाल भित्रने तथा चीनतर्फ जाने पर्यटकको संख्या अहिलेसम्मकै न्यून छ । २०२० को जनवरी महिनामा ५ सय २६ र फेबु्रअरी महिनामा ६ जना नेपाल आएकोमा २ सय २ जना पर्यटक चीनतर्फ गएका थिए । जनवरी महिनामा १ सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका कार्यालयले जनाएको छ ।

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।

केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांस पर्यटकले चाहिँ नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ । चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका थिए ।

२०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ । सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । यो नाका भएर नेपाल भित्रने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अष्ट्रेलिया पर्छ ।

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांस चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन । सरकारी र कुटनीतिक राहदानीबाहक बाहेक नायजेरिया, घाना, जिम्बाबे, स्विजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दुतावास वा कुटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ ।

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com