ऐतिहाँसिक पौवाघर (लहरेपौवा)

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नं ५, उपल्लो पौवामा एक ऐतिहाँसिक पौवा घर रहेको छ  । एकाथरी भनाई अनुसार राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा निर्माण भएको भन्ने कथन रहेको छ । त्यही बेलामा उनीसँगै आएका पण्डित जयमंगल पौडेल (मुखियार रंगनाथ पौडेलको हजुरबुबा)  र जय मङगलको पत्नी गौरीदेवी (सिद्द बाबा अगस्तीको धर्मचेली वा पृथ्वीनारायण शाहकी कान्छी रानीकी गायत्री गुरुआमा)  ले राम मन्दिर निर्माण र गोसाइँकुण्ड जाने आउने तीर्थालुलाई गाँसबासको प्रबन्ध मिलाउने शर्तसहित सदावर्त गुठीको रूपमा धैबुङ गाउँ पाएपछि बनेको भनिएको यो पौवाघरको अवशेष  २०७२ को भुकम्पले ध्वस्त बनाएको छ । यसो उक्त संवर्दन र प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्दनको एक सूचक बन्नेछ ।