उत्तरगया गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

ऐतिहाँसिक गुर्फु गुम्बा

रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका, वडा नं ३ मा अवस्थित यो गुम्बा प्राचीन काला र शैलीमा निर्माण भएको छ । स्थानीयका भनाई अनुसार आजभन्दा सत्रौं पुस्ता अघिका पुर्खाले निर्माण गरेका हुन् यो गुम्बा । यही गुम्बा/घ्याङ निर्माण भएसँगै यहाँको गाउँको नाम नै घ्याङ रह्‍यो ।

२०७२ को भुकम्पबाट क्षति भएको यो गुम्बा पुननिर्माण, संरक्षण र संवर्दनको पर्खाईमा रहेको छ । धार्मिक, ऐतिहाँसिक तथा सांस्कृतिक महत्व रहेको यस गुम्बा र वरपर रहेका गुफा, सुरूङ, झरना, भूदृश्य आदिको प्रचारप्रसार गर्न सकेमा आन्तिक तथा बाह्‍य पर्यटन विकासमा सहयोग पुग्नेछ, जनताको जीविकोपार्जनमा क्रमिक सुधार हुनेछ ।    


जंगलभित्र ठूलो ढुङ्गाको पहरामा रहेको यस गुम्बाको बारेमा स्थानीय व्यक्तिहरू, लामा गुरूहरूसँग बार्तालाप गरी नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले तयार गर्नुभएको यो कथन यहाँ प्रस्तुत गरिएको छ ।


ऐतिहाँसिक कथन अनुसार एकजना कर्मछेसाङ लामा नाम गरेका म्हेमे (हजुरबुवा) तिब्बतबाट बसाइ सराई गरी सिन्धुपाल्चोकको हेलम्बु भन्ने स्थानमा बस्नु भएको रहेछ । उहाँका सन्तान सबै दाजुभाई जवान भैसकेपछि आ-आफ्नो जीबिकोपार्जनको लागि स्वेच्छिक रूपमा विभिन्न स्थानमा बसोबास खोज्दै जाँदा एकजना हजुरबुबा यहाँ पाहुनाको रूपमा आउनु भएछ र आउनु भएको हाल गुम्बा रहेभन्दा १ किमी तलतिर बास बस्नु भएछ ।

जुन् दिनदेखि उहाँ त्याँ बस्नु भयो, त्यही दिनदेखि बिहान, बेलुका जंगलको वरपर बाजा बजे आवाज सुनिन थाल्यो । आएको आवाजतिर खोजी गर्दा आवाज सुनिने मात्र तर कता बजेको थाहा पाउन सक्नु भएन ६ दिनसम्म ।

त्यसपछि बाजा बजाउँदै पूजापाठ गरिरहेका लामा गुरूहरू त्यो ठाउँबाट उम्केर जान नसकुन्  र बाटो नबिर्सियोस् भनेर रेशमी धागोको पोको लिएर बिस्तारै बाजा बजिरहेको ठाउँमा पुग्दा त्यहाँ यस्तो दृश्य देखियो लामा गुरुहरू सबै विभिन्न बाजाहरु, झुरुम्म, घन्टा, लाभ, ढ्याङ्ग्रो, शंखलगायत धेरै थरिका बाजाको साथमा पूजापाठ गर्दै गरेको देख्नुभयो र जब त्यसलाई कर्मछेसाङ म्हेमेले छुनुभएछ । छुने बित्तिकै सबै लामा गुरूहरू ढङ्गाका रूपमा परिणत भयो र  म्हेहेले उक्त स्थानलाई गुर्फु भन्ने नाम दिँदै त्यही गुर्फु गुम्बाको जन्म गराउनु भयो भन्ने कथन उल्लेख छ ।

गुम्बाको जन्म गराइसके पछि लामा गुरु जिन्दा / लोमो / चेलाहरु बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँमा जानुभयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको उल्लेख गरिएको छ । हत्या पश्चात् त्यहाँका केही ब्यक्तिहरुले हजुरबुवाले लाउनुभएको बुद्दचित्तको र फ्रेङा (माला), टोपी ( पेस्यो), लौरो (बेर्गा ), पछ्यौरा (अर्थि/ श्हेन) लाशसँगै भेटेको हुँदा ओहो यो त लामा गुरु पो हुनुहुँदो रहेछ, हामीले गलत काम गरेछौं भनेर लाश हेर्न खोज्दा अचानक त्यहाँ लास नै नरही  गायब भएको थियो ! तर आश्चर्यको कुरो केहो भने गुरुसँग भएको सबै बस्त्रहरु उडेर गुर्फु गुम्बामा आइसकेको थियो ।

जब कर्म छेसाङ हजुरबुबा लामा/ गुरु/ म्हेमे को शेष पश्चात् उहाँको अवतारीको रूपमा हेलम्बु सिन्धुपाल्चोकमा खम्बा टुल्कु म्हेमेको जन्म भयो । जब खम्बा टुल्कुको जन्म भएपछि न्हुप ह्योल्मोमा हाम्रो गुर्फु गुम्बा रहेको भनी बोलेको र खोज्दै यही गुर्फुगुम्बामा आई गुम्बाभित्रै अदृश्य ज्ञान प्राप्त गर्नुभएको भन्ने भनाई रहेको छ । उहाँ आफ्नो सन्तान बढाउँदै याही बस्नुभयो  । खम्बा टुल्कुको सन्तान सत्र पुस्ता भैसकेकोमा १६ पुस्तासम्म सबै जना घ्याङको ओडार भित्र रहेको घरमा नै जन्मेका, हुर्केका र मरेका इतिहाँस रहेको छ ।


लामा बस्ने गुफा र पुरानो ढ्याङ्ग्रो 


यस गुम्बा नजिकै लामा गुफा बस्ने स्थान पनि रहेको छ । उक्त स्थानमा जब लामा गुफा बस्न सुरू गर्छन् त्यही दिनदेखि १ ठाउँबाट पानी र अर्कोबाट दुध जस्तो पानी आउन थाल्छन् । र गुफा बस्दा निगालोलाई कलम बनाएर टुकी बत्तिको कालोमा तेल हालेर काठमा लेखेर शिष्यहरूलाई सिकाईने गरिएको भन्ने भनाई रहेको छ ।  उक्त गुम्बा भित्र गुफा अर्थात् अन्दाजी १५ मिटर भित्र सुरुङ समेत् रहेको छ । यस गुर्फु गुम्बा भित्र धेरै बर्ष पहिला पुरानो ढ्याङ्ग्रो पनि देख्न सकिन्छ ।

 


गुम्बामा निषेध


 

यस गुम्बा भित्र र छेउछाउमा बङ्गुरको मासु लान नहुने, भैसीको गोबर प्रयोग गर्न नमिल्ने, गुम्बा वरपरको बाटोमा भैंसी धपाउन नमिल्ने, यदि त्यसो गरेमा गाउँमा रोगब्याधी आउने, पहिरो, हावाहुरी आउने गरेको अनुभव घ्याङ बासीको रहेको छ ।

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com