नौकुण्डमा ५ शैंयाको अस्पताल शिलान्यास

पार्‍च्याङ, रसुवा, मङ्सीर १५ गते । रसुवाको नौकुण्ड गाउँपालिका, यार्सामा ५ शैंयाको अस्पताल निर्माणको लागि शिलान्यास गरिएको छ । संघीय सांसद माननीय मोहन आचार्यको प्रमुख आतिथ्यतामा उक्त अस्पताल निर्माणको लागि शिलान्यास गरिएको हो ।

अस्पताल नभएका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति ता कार्यक्रम अनुसार नौकुण्डमा ५ शैंयाको अस्पताल निर्माण गर्न लागिएको हो ।

शिलान्यास समारोहमा प्रदेश सभाका सभासद माननीय प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, गाउँपालिकाका अध्यक्ष नुर्पुस्याङ्बो घले, उपाध्यक्ष सिर्जना लामालगायतको उपस्थिति रहेको थियो ।

नेपालका सात वटै प्रदेशका ३९६ स्थानीय तहमा अस्पतालको भवन निर्माणका लागि यो वर्ष मात्रै नेपाल सरकारले ६ अर्ब १२ करोड २६ लाख बजेट निकासा गरेको छ ।

नेपाल सरकारले सातवटै प्रदेशमा एक/एक वटा सरूवा रोग अस्पताल पनि निर्माण गर्न लागेको छ ।