राहतको नाममा कुहिएको चामल वितरण

चिलिमे, रसुवा, मङ्सीर १५ गते । आमाछोदिङ्मो गाउँपालिकामा राहतको नाममा कुहिएको चामल वितरण गरेको पाइएको छ । उक्त गाउँपालिका अन्तर्गत पर्ने चिलिमेमा राहत वितरणमा कुहिएको चामल पाइएको हो । कुहिएको चामल बितरण गरेको भन्दै सबैजनाले राहत फिर्ता गरेका छन् ।


कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताए। राहत वितरणमा स्थानीय तहमा समन्वय नभएको वडा नं ५ का वडा अध्यक्ष टासीछेवांङ तामाङले बताए । पीडित जनतालाई बाँडिएको चामल कुहिएको फेला पर्नु गम्भीर बिषय हो भन्दै तामाङले राहत वितरकलाई कारबाही गर्न पहल गर्ने बताए ।