२० प्रतिशत लाभांश दिँदै चिलिमे

चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत वोनस सेयर र १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

कम्पनी सञ्चालन समितिको मंगलबार बसेको बैठकले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस र ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नै नगद लाभांश बाँड्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश स्वीकृतिका लागि आउँदो पुस १२ गते २४ औं वार्षिक साधारणसभा बोलाएको छ। लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

गत वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत वितरण गरेको थियो। कम्पनी अन्तर्गत अहिले रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन र मध्येभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

चिलिमे जलविद्युत केन्द्रको बारेमा

चिलिमे जलविद्युत गृह

Coming soon.