डाँडागाउँ - रत्नौली गोरेटो बाटो निर्माणका हुने

पैरेबेसी, रसुवा, मङसीर २२ गते । उत्तरगया गाउँपालिकाको वडा न २ डाँडाँगाउँबाट रत्नौलीसम्म गोरेटो बाटो निर्माण हुने भएको छ । उक्त गोरेटो निर्माणका लागि बेलायती अन्तर्राष्ट्रिय सहयोग (UKAid) को सहयोगमा निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

साँढे ६ किमी दूरी रहेको उक्त गोरेटो बाटोको डिपिआर सम्पन्न भएको छ । ठाउँठाउँमा प्रतिक्षालयसहित निर्माण हुन लागेको उक्त बाटो ५ फिट फराकिलो बन्नेछ ।

गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङ र वडा अध्यक्ष खुवाबहादुर गुरूङको समूहले स्थलगत अवलोकन गरी उक्त गोरेटो निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाएका छन् ।