नौकुण्ड ताल (Naukunda Lakes)

नेपालको वाग्मती प्रदेश अन्तर्गत रसुवा जिल्लाको करीब १४ हजार फिट उचाईमा पर्ने पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र नौकुण्डको भ्रमण गरौं । 

कुण्डको परिचय

 

नौकुण्ड नेपालको वाग्मती प्रदेश अन्तर्गत रसुवा जिल्लाको करीब १४ हजार फिट उचाईमा पर्ने पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो। यसको वरिपरि विभिन्न कुण्डहरू रहेका छन्। लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, र अन्य दुई कुण्डको पेरिफेरिलाई नौकुण्ड भनेर भनिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको यो कुण्ड गोसाइँकुण्डभन्दा ओझेलमा परेको छ। यही कुण्डको नामबाट नौकुण्ड गाउँपालिका नामाकरण भएको हो।

नौकुण्ड कसरी पुग्ने ?

 

अवस्थिति/आगमन

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको वडानं २ मा अवस्थित यो कुण्ड १४ हजार फिट उचाईमा रहेको छ । 

रसुवा जिल्लामा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन्। कालिका गाउँपालिका अन्तर्गत पर्ने पासाङल्हामु राजमार्गको कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने नुवाकोटको बिदुरबाट चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, लार्च्याङटार, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो। त्यसैगरि काठमाण्डौंको बुढानीलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुँदै यस क्षेत्रमा प्रबेश गर्न सकिन्छ। सुन्दरीजल वा मेलाम्चीबाट ठाडेपाटी, घोप्टे, फेदि, सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड हुँदै पनि यस क्षेत्रमा पुग्न सकिन्छ। रसुवाको सदरमुकाम धुन्चेबाट नौकुण्ड र गोसाइँकुण्डसम्म जान र आउन सकिन्छ।

 

आकर्षण

यस कुण्ड र वरपर विभिन्न आकर्षकीय स्थल र सम्पदाहरू रहेका छन्। स्थानीय तामाङ संस्कृति, ताल, झरना, वन्यजन्तु, वनस्पति, सूर्योदय, सूर्यास्तका दृश्यहरू यसक्षेत्रका मुख्य आकरषणहरू हुन् । पदयात्रा (ट्रेकिङ) का लागि यो क्षेत्र नयाँ रूट हो, विकसोन्मुख रूट हो । यस पदयात्राको विकासका लागि नौकुण्ड गाउँपालिकाले बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरेको छ । 

फोटो

लम्बेकुण्ड, नागकण्ड र यस वरपरका दृश्यहरू

नौकुण्डमध्येको एक कुण्ड - छेडा कुण्ड

Trekking

 

सम्बन्धित लिङ्क

विकीपिडियामा नौकुण्ड