कालिका गाउँपालिकाका निर्वाचित पदाधिकारीहरू

नेपालको संविधान २०७२ अनुसार सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न वडाहरूबाट निर्वाचित पदाधिकारीहरूको प्रोफाइललाई यहाँ प्रस्तुत गरिएको छ । कालिका गाउँपालिका, वडा नं २ स्थायी निवासी सीताकुमारी पौडेल, अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने कालिका गाउँपालिका,वडा नं ३ स्थायी निबासी  भवानीप्रसाद न्यौपाने उपाध्यक्षमा निर्वाचित भएका छन्  ।

५ वटा वडाबाट ५ जना वडा अध्यक्षहरू, ५ जना महिला सदस्यहरू र १० जना सदस्यहरू निर्वाचित भएका छन् । दलित महिलातर्फ वडा नं १ बाहेक अन्य वडामा १/१ जना गरी ४ जना गरी गाउँपालिकामा निर्वाचित २६ जना रहेका छन् भने कार्यपालिकाले २ जना मनोनित गरेको छ ।  

यस गाउँपालिकाबाट २ जना वडा सदस्यहरू जिल्ला समन्वय समितिको सदस्य पदमा समेत् निर्वाचित भएका छन् । 

 

 

 

रसुवा जिल्लामा तपाइँलाई हार्दिक स्वागत छ

 

 

नेपालको वागमती प्रदेश अन्तर्गत नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण भएको जिल्ला हो रसुवा ।

१५१४ बर्गमीटर क्षेत्रफलमा फैलिएको रसुवा हिमाली १६ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो ।
यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ।

नेपालीहरूको पवित्र तथा पर्यटकीय स्थलको रूपमा निकै स्थानहरू रहेका छन्। रसुवाको प्रवेश खण्ड बेत्रावती (उत्तरगया धाम) देखि रसुवामा विभिन्न ऐतिहाँसिक, सांस्कृतक, धार्मिक तथा विविधता भएका स्थहरू रहेका छन् ।


नेपालको संविधान २०७२ अनुरूप राज्य पुनर्संरचना भएपछि रसुवालाई ५ गाउँपलिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो, गोसाइँकुण्ड, कालिका, नौकुण्डउत्तगया गाउँपालिकाहरू रसुवामा रहेका छन् । यस अघि रसुवामा १८ वटा गाविसहरू रहेका थिए ।

५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिकाउत्तरगया गाउँपालिका रहेका छन् । नौकुण्ड गाउँपालिकागोसाईकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ ।

रसुवा जिल्ला छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर वसेको एक रमणीय जिल्ला हो। भौगोलिक तथा आर्थिक-सामाजिक विविधताको फलस्वरूप यस जिल्लामा विशिष्ट हिमाली जीवनशैलीका बीच रहनसहन भेषभुषा र चालचलनमा तिव्वती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ। यस जिल्लाको नामाङ्करण सम्वन्धमा तिब्बती भाषाको "र" "सोवा" शब्दलाई उदृत गरिएको पाइन्छ। "र"को अर्थ भेडा च्याङ्ग्रा र "सोवा"को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। अर्थात प्रशस्त भेडा च्याङ्ग्रा पाइने स्थान भएकोले "रसोवा" भन्ने गरेको र त्यसको अपभ्रंस भई वोलिचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ।


रसुवा जिल्लाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

 

 

रसुवाका गाउँपालिकाहरू

नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचना हुँदा रसुवा जिल्ला ५ वटा गाउँपालिकामा विभाजन भएको छ । जसमा आमाछोदिङ्मो (पार्वतीकुण्ड), उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड गाउँपालिका रहेका छन् । रसुवाका विभिन्न गाउँपालिकामा रहेका भएका सूचनाहरू, संरचनाहरू, महत्वपूर्ण  (ऐतिहाँसिक, धार्मिक र पर्यटकीय) स्थलहरूको जानकारी गराउँदै सूचनामा सुसूचित गर्ने र पर्यटकीय विकासमा सहयोग पुर्‍याउने हेतुले सञ्चालित यस वेवमा भएका सूचना सच्याउन र  थप गर्नेे कार्यमा तपाईहरूको सहयोगको अपेक्षा गर्दछौं । 

हाम्रो बारेमा

रसुवा जिल्लाका विविध सम्भावना, समाचारलगायत सम्पूर्ण सूचना प्राप्त गर्ने एउटै थलोको रूपमा विकास गर्नका  यो पोर्टलको सुरूवात गरिएको छ ।

यसमा हालसम्म राखिएका सूचनाहरूको सम्पादन, नयाँ सूचना, समाचार, महत्वपूर्ण स्थलहरूको बारेमा तपाइलाई थाहा भएको जानकारी, फोटो, भिडियो आदिलाई वेवमा राखी रसुवाको पर्यटकीय विकासमा समेत् योगदान दिन चाहनु हुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ । 

तपाई कुनै कार्यालय, व्यवसाय सञ्चालन  वा अन्य कार्य गर्दै हुनुहन्छ भने त्यसको जानकारी पनि यस वेवमा आफैं राख्न सक्नुहुनेछ  वा सूचना हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ ।

 

For More Information : 

This email address is being protected from spambots. You need JavaScript enabled to view it. 

9843508470 

Prem Prasad Paudel

रसुवा जिल्ला, वागमती प्रदेश, नेपाल

नेपालको वागमती प्रदेश अन्तर्गत नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण भएको जिल्ला हो रसुवा ।

 

 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com