कालिका गाउँपालिकाका निर्वाचित पदाधिकारीहरू

नेपालको संविधान २०७२ अनुसार सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न वडाहरूबाट निर्वाचित पदाधिकारीहरूको प्रोफाइललाई यहाँ प्रस्तुत गरिएको छ । कालिका गाउँपालिका, वडा नं २ स्थायी निवासी सीताकुमारी पौडेल, अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने कालिका गाउँपालिका,वडा नं ३ स्थायी निबासी  भवानीप्रसाद न्यौपाने उपाध्यक्षमा निर्वाचित भएका छन्  ।

५ वटा वडाबाट ५ जना वडा अध्यक्षहरू, ५ जना महिला सदस्यहरू र १० जना सदस्यहरू निर्वाचित भएका छन् । दलित महिलातर्फ वडा नं १ बाहेक अन्य वडामा १/१ जना गरी ४ जना गरी गाउँपालिकामा निर्वाचित २६ जना रहेका छन् भने कार्यपालिकाले २ जना मनोनित गरेको छ ।  

यस गाउँपालिकाबाट २ जना वडा सदस्यहरू जिल्ला समन्वय समितिको सदस्य पदमा समेत् निर्वाचित भएका छन् ।