लोकिल पर्यटकीय स्थल

रसुवा जिल्लाको कालिका गाउँपालिका र  नौकुण्ड गाउँपालिकाको सिमानामा अवस्थित लोकिल क्षेत्र पर्यटकीय स्थलको रूपमा चिनिदै आएो छ । पछिल्लो समय पिकनिक स्पटका लागि  प्रख्यात रहँदै आएको लोकिल क्षेत्र लाङटाङ राष्ट्र्रिय निकुञ्जभित्र रहेको छ । 

रसुवाको विकसोन्मुख पर्यटकीय मार्गको रूपमा रहेको नौकुण्ड ताल जानको लागि यहाँबाट नै यात्रा सुरू गर्न सकिन्छ । यहाँबाट  दिलिङ, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, कानछ्याम्बा खर्क, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड र गोसाइँकुण्डको यात्रा गर्न सकिनेछ । 

यो स्थान गोसाइँकुण्ड केबलकार निर्माणका लागि बिन्दुको रूपमा पनि चर्चा हुँदै आएको छ ।