स्याउबारी पर्यटकीय स्थल

कालिका गाउँपालिका, वडा नं २ मा रहेको रमणीय पर्यटकीय गन्तव्य हो स्याउबारी

रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा नं २ मा रहेको स्याउबारी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । पासाङल्हामु राजमार्गमा पर्ने यो स्थान पिकनिक स्पट, हाइकिङ, चरा अवलोकन, वनस्पति अवलोकनको हिशावले महत्वपूर्ण मानिन्छ । 

रेडियो लाङटाङको स्टुडियो रहेको यस क्षेत्रमा जैविक विविधता सूचना केन्द्र, धसिङ्ग्रे प्रशोधन केन्द्र रहेको छ । 

कालिका गाउँपालिकाले यस क्षेत्रको  विकासका लागि विस्तृत परियोजना प्रतिबेदन पनि तयार गरेको छ । भयुटावर, बौद्द स्तुपालगायत पिकनिक स्पट निर्माणका लागि तयार गरिएको यो DPR (भिडियो)