कालिका माईको थान

धैबुङ चित्रकालिका नामले पनि पुकारिन्छ

परापूर्व कालमा कालिकाको मन्दिर हाल रहेको मन्दिर भन्दा केही तल भीरमा अवस्थित थियो । मानिसहरूको अत्याचारका कारण त्यहाँबाट कालिकामाई अन्यत्र अन्तर्ध्यान भई गएपछि हाल रहेको स्थानमा प्रतिस्थापन गरिएको भन्ने भनाई रहेको छ ।

मन्दिरको परिचय

 

समुद्रसतहदेखि ६ सय मीटर उचाईमा रहेको बेत्रावती (उत्तरगया धाम) देखि उठ्दै गएको पहाडको टुप्पोमा करीब १४ सय मीटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो, गर्मीमा हिमालको हावा बहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने तथा रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ । प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्दि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गबाट २ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।

परापूर्व कालमा कालिकाको मन्दिर हाल रहेको मन्दिर भन्दा केही तल भीरमा अवस्थित थियो । मानिसहरूको अत्याचारका कारण त्यहाँबाट कालिकामाई अन्यत्र अन्तर्ध्यान भई गएपछि हाल रहेको स्थानमा प्रतिस्थापन गरिएको भन्ने भनाई रहेको छ ।

 यस मन्दिरमा बर्षैभरि तीर्थालु वा दर्शनार्थीहरू दर्शन गर्न आउने भएपनि नवरात्रका समयमा भने निकै भीड लाग्ने गर्दछ।

अवस्थिति

नेपालको राजधआनी काठमाण्डौंबाट उत्तरतर्फ, रसुवाको बेत्रावतीबाट १५ किमी उत्तर अवस्थित,

कालिका गाउँपालिकाको वडा नं २,

उचाई : १४०० मीटर समुद्री सतहबाट 

अक्षांश : 

देशान्तर : 

आगमन

नेपालको राजधानी काठमाण्डौंबाट उत्तरतर्फ पर्ने रसुवा नुवाकोटो सिमाना बेत्रावतीबाट १५ किमी उत्तरतर्फ पर्दछ ।

कालिकास्थान बजारबाट २्/३ मिनेटकोपैदलयात्रा गरेर यस मन्दिरमा पुग्न सकि्छ । 

 

फोटोफिचर

विविध

.