आस्थाको धरोहर : बासुकी नाग

 

रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा  २ मा रहेको बासुकी नाग परम्परादेखि  मानिदै आएको छ । गोम्बोडाँडाबाट ५ मिनेटको दूरी प्राङ्सेमा पर्ने यो नाग शक्तिशाली रहेको स्थानीयहरूको बुझाई रहेको छ । यहाँ निषेधित कार्यहरू गरेमा नाग रिसाएर उल्कापात हुने पनि विश्वास गरिदै आएको छ । ठूलो ढुङ्गाको फेदमा अवस्थित यो मन्दिरको नामबाट याँ रहेको ढुङ्गाको नामाकरण पनि बासुकी ढुङ्गो रहेको छ । पछिल्लो चरण यस मन्दिरको संवर्दनका लागि स्थानीय तहले योजनाहरू सञ्चालन गरिरहेको छ ।

भनाई अनुसार यहाँको नाग रिसाएर २०६१ सालमा ठूलो पहिरोसहित धनमालको क्षति भएको छ ।