ल्याकोसद्वारा डस्टविन वितरण

जिबजिबे रसुवा, पौष, १४ गते । जिल्लामा वातावरण संरक्षणको क्षेत्रमा कार्यरत संस्था ल्याकोसले कालिका गाउँपालिका वडा नं ५ मा फोहोर बर्गीकरण र व्यवस्थापनका लागि डस्टबिन वितरण गरेको छ । कालिका गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा संस्थाले जिबजिबे बजारका लागि ३० थान डस्टबिन वितरण गरेको हो ।

कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी अधिकारी,उपाध्यक्ष भवानीप्रसाद न्यौपाने र वडा अध्यक्ष रामहरि देवकोटाक रोहबरमा बजार व्यवस्थापन समितिका संयोजक ेनेत्रप्रसाद लामिछानेलाई डस्टिन हन्तान्तरण गरेका हुन्।