आमाछोदिङ्मो गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

कालिका गाउँपालिका

 

 

Phone : 010-542096/010-542098

 

 
रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलिएको साबिक  धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८, राम्चे गाविस १-९ वडा र भोर्ले गाविसका १, ६, ८ र ९ वडा मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो ।  नेपालमा अन्य पहाडी भेगले ओगटेको गुण झै यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका ।  Read More 
 

 

  

 


कालिका गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

 

नौकुण्ड गाउँपालिका

 

 

Phone : 016-924824 

 

 
नौकुुण्ड गाउँपालिका बागमती अंचलको रसुवा जिल्लामा अवस्थित छ | वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७४४ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो | पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ | स्थानीय वासिहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ | साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो |रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या ११८२४ रहेको छ |

 

 

 


नौकण्ड गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

नौकुण्ड गाउँपालिकाका वडाहरूको प्रोफाइल

वडा नं : १, लाङ्बु वडा नं २, यार्सा वडा नं ३, पार्‍च्याङ
वडा नं ४, सरमथली वडा नं ५, चिति  वडा नं ६, सर्स्यु

 

 

उत्तरगया गाउँपालिका

 

 

Phone : 9863195127 

 

 

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।


 

 


उत्तरगया गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका वडाहरूको प्रोफाइल

वडा नं : १, मैलुङ वडा नं २, डाँडागाउँ  वडा नं ३, ठूलोगाउँ
वडा नं ४, कर्मीडाँडा वडा नं ५, माझगाउँ  

 

 

गोसाइँकुण्ड गाउँपालिका

 

 

Phone : 010-541088

 

 

रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट उत्तर अर्थात् स्याफ्रुबसीमा मुख्य कार्यालय रहेको गोसाइँकण्ड गाउँपालिका साबिकको धुञ्चे, स्याफ्रु, लाङटाङ, बृद्दिम, टिमुरे र थुमन गाविसका सम्पूर्ण वडाहरू मिलेर पुनर्संरचना भएकोहो ।  

जलविद्युत, पर्यटन, जैविक विविधता, प्राकृतिक सम्पदाले भरिपूर्ण यो गाउँपालिकामा जनगणना २०६८ अनुसार २०४३ घरपरिवार र ७१४३ जनसंख्या रहेका छन् । ९७८.७ बर्ग किमी क्षेत्रफल रहेको  गाउँपालिका क्षेत्रफलको आधारमा रसुवाको सबैभन्दा ठूलो गाउँपालिका हो। 

जिल्लामा रहेको धार्मिक, पर्यटकीय संस्कृतिक विविध महत्व रहेको गोसाइँकुण्ड तालको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो। 


 

 

 


गोसाइँकुण्ड गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

गोसाइँकुण्ड गाउँपालिकाका वडाहरूको प्रोफाइल

वडा नं : १, थुमन वडा नं २, टिमुरे वडा नं ३, बृद्दिम
वडा नं ४, लाङटाङ वडा नं ५, स्याफ्रुबेसी वडा नं ६, धुन्चे 

 

 

आमाछोदिङ्‍मो गाउँपालिका

 

 

Phone : ९८५१२३५५३३

 

 

आमाछोदिङ्‍मो गाउँपालिका रसुवा जिल्लाको उत्तरी भरगमा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकामा साबिकको गत्लाङ, गोल्जुङ, चिलिमे गाविस र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ । यस गाउँपालिका घोषणाा हुँदा पार्वतीकुण्ड गाउँपालिकाको नामले नामाकरण भएको थियो । जसको केन्द्र गोल्जुङबेशी तोकिएको थियो । गाउँपालिकाको प्रथम गाउँसभाले गाउँपालिकाको नाम स्थानीय भाषामा'आमाछोदिङ्मो' गाउँपालिका नामाकरण गर्ने र केन्द्र गोल्जुङबेसी कायम गर्ने भनी गरेको निर्णय बमोजिम नामसहित केन्द्र परिवर्तन भएको हो । नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त जानकारी गराएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (५) बमोजिम पार्वतीकुण्ड गाउँपालिकाको गाउँसभाको सिफारिसमा उक्त नाम र केन्द्र परिवर्तन भएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार पौष २४, २०७४बाट उक्त कार्यान्वयन भएको हो  ।


 

 


आमाछोदिङ्‍मो गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

आमाछोदिङ्‍मो गाउँपालिकाका वडाहरूको प्रोफाइल

वडा नं : १,  वडा नं २,  वडा नं ३, 
वडा नं ४,  वडा नं ५,   

 

 

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com