लेख, रचनाहरू

कालिकाका पाँचै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा र स्वास्थ्य सेवा

कालिकास्थान, रसुवा, पौष १४ गते । कालिका गाउँपालिकाले पाँचै वडाका जेष्ठ नागरिकहरूलाई न्याो कपडासहित स्वास्थ्य सेवा उपलब्ध गराएको छ । ७० वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरूलाई ज्याकेट र स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको हो । 

गाउँपालिकाले ७० वर्ष नाघेका नागरिकलाई आँखाको अपरेसन गर्नु परेमा यातायात खर्च रू ५००० सहित निंशुल्क अपरेसन सेवा पनि उपल्ध गराउने गाउपालिकाले जनाएको छ ।

प्रेसर, सुगर जस्ता समस्याबाट ग्रसित जेष्ठ नागरिकलाई यही पौष २६ गते कालिकास्थानमा शिबिर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेले बताउनु भयो  । 

गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार जेष्ठ नागरिरूलाई एक लाख बराबरको स्वास्थ्य बिमा गर्ने व्यवस्था गाउँपालिकाले गर्न लागेको बताउनु भएको छ । जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा गर्नका लागि गाउँपालिकाले स्वास्थ्य बिमाको कार्यक्रम ल्याउन लागेको उहाँले बताउनु भयो । 

गत पौष ९ गते कालिका गाउँपालिका वडानं १ बाट सुरू भएको उक्तअभियान आज १३ गते वडा नं ५ मा कार्यक्रम आयोजना गरी समापन गरिएको छ ।