लेख, रचनाहरू

गोसाइँकुण्ड गापामा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य सेवा

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाले कार्यक्रमको सुरुवात वडा न १ थुमनबाट गरेको हो ।

गाउँपालिकाको ६ वटै वडामा पुगेर सञ्चालन गरिने कार्यक्रम प्रत्येक वडामा १ दिन सञ्चालन हुने छ । गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको पहिचान तथा परिचयपत्र वितरण, जेष्ठ नागरिक सम्मान, सामान्य स्वास्थ्य परीक्षण, महिलाको पाठेघर खस्ने समस्याका लागि रिङ पेसरी राख्ने , पाठेघरको क्यान्सर सम्बन्धी जाँच र स्तन क्यान्सर सम्बन्धी जाँच गरिने छ ।

यसैगरी फिजियोथेरापी सेवा, आँखा परीक्षण तथा उपचार सेवा र सामाजिक सुरक्षा सम्बन्धी अन्य सेवाहरू उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com