रसुवाका समाचारहरू

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेट सबै पूर्वाधारमा

धुन्चे, रसुवा, मङ्सीर २२ गते । रसुवामास्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको सबै बजेट पूर्वाधार निर्माणकाला गि बाँडफाँट गरिएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रसुवामा आएको चार करोड बजेट पाँचवटा गाउँपालिकाको पूर्वाधार विकासका लागि बाँडफाँट गरिएको हो । यी कार्यक्रम निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने समितिबाट छनोट गर्नुपर्ने प्रावधान छ ।

जसअनुसार रसुवाका सांसद मोहन आचार्य संयोजकत्वको समितिले सबै रकम पूर्वाधारमा लगाउने गरी निर्णय गरेको हो । जिल्लाको पूर्वाधार विकासका लागि सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकामा विनियोजन भएको छ । जहाँ एक करोड १० लाख विनियोजन गरिएको छ भने सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकाका लागि ३० लाख बजेट विनियोजन भएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका लागि ८५ लाख, उत्तरगया गाउँपालिकाका लागि ८५ लाख र कालिका गाउँपालिकाका लागि ८५ लाख बजेट विनियोजन भएको जिल्ला समन्वय समिति रसुवाले जानकारी दिएको छ । जसमा ४० वटा योजना रहेका छन् ।

नौकुण्ड गाउँपालिकाको आरुखर्क–लाङ्बु कृषि सडक निर्माणका लागि १० लाख, घाङमर–ढाकाचेत सडक निर्माणका लागि १० लाख, मन्दुचेत हुँदै धुसेनी सडक निर्माण गर्न १० लाख विनियोजन गरिएको छ । नेमराङ खानेपानी निर्माणका लागि ५० लाख, खाल्चेत–दुप्चेश्वरी मावि हुँदै घट्टेखोला–जिबजिबे सडक निर्माणका लागि १० लाख, निमाछोलिङ गुम्बा छापटोल निर्माणका लागि १० लाख, दुप्चेश्वरी मन्दिर तथा कोमु सामुदायिक भवन निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

 

के के छन् त योजनाहरू ?

गोसाइँकुण्ड गाउँपालिका– १ मा थुमन–बृङदाङ गोरेटो बाटो निर्माणका लागि १० लाख, नागथली गुरु रेम्बोर्छेको मूर्ति निर्माण गर्न १० लाख छुट्याइएको छ । वडा नम्बर २ टिमुरेमा तातोपानी संरक्षणका लागि १० लाख, वडा नडा नम्बर ३ बृद्धिम टोल सिँढी निर्माण तथा ढुप्चे गुम्बा मर्मतका लागि १० लाख, वडा नम्बर ४ को मुण्डु सामुदायिक भवन निर्माणका लागि १० लाख, वडा नम्बर ५ स्थित सान्देन हेसल ज्याङ्ब्जु छोर्तेन संरक्षणका लागि १० लाख, ठूलो स्याफ्रु साबिक वडा नम्बर ७ तल्लो टोल सडक निर्माणका लागि १० लाख, सानुभार्खु नयाँ बस्ती खानेपानीका लागि पाँच लाख र वडा नम्बर ६ स्थित सदरमुकाम धुन्चेमा युवा स्रोत केन्द्र भवन निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १ स्थित हाकुबेसी सौर्यबत्ती निर्माणका लागि १० लाख, वडा नम्बर २ स्थित तीनधारा मर्मत र हिमालयन सामुदायिक भवन निर्माणका लागि १२ लाख, सानु हाकु माने आँगन निर्माणका लागि आठ लाख बजेट विनियोजन गरिएको छ ।

उत्तरगया गाउँपालिका– १ मा ओखरखेत–डिजो सडक निर्माणका लागि पाँच लाख, वडा नम्बर २ मा भदौरे टोल सुधार सामुदायिक भवन तथा भाङ्गे खोला–खडुगु–पनेलीघाट सडक निर्माणका लागि १५ लाख, वडा नम्बर ३ स्थित स्वारा खेत सिँचाइ तथा पैरेटोल सिँढी बाटो निर्माणका लागि १० लाख, बडाल टोल सिँढी बाटो निर्माणका लागि पाँच लाख, वडा नम्बर ४ स्थित भलायडाँडा खेलमैदानका लागि पाँच लाख छुट्याइएको छ ।

जनजागरण र भोर्लेगाज सामुदायिक भवनका लागि १० लाख, क्रसिङ खोला मुहान गरी पहरे खोला खानेपानी तथा उपल्लो पौवा ठाडो बाटो निर्माण र भीमसेनस्थान सडक मर्मतका लागि १५ लाख र उत्तरगया खानेपानी मर्मत तथा भूक्षय नियन्त्रण कार्यक्रम र खेलकुद तथा शैक्षिक कार्यक्रम गाउँपालिकासँग साझेदारी कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

कालिका गाउँपालिका– १ स्थित याङ सामुदायिक भवन निर्माणका लागि पाँच लाख, गुराँसे कृषि सडक निर्माणका लागि पाँच लाख, त्याम्राङ खानेपानीका लागि पाँच लाख, पलेप सिँढी निर्माणका लागि पाँच लाख, वडा नम्बर २ स्थित पात्लेडाँडा धार्मिक स्थल प्रांगण निर्माणका लागि पाँच लाख, वडा नम्बर ३ को आजमारे सिम मुहान गरी धारापानी लामिछाने टोल खानेपानीका लागि पाँच लाख, शिव मन्दिरदेखि उपल्लो धारापानी घुम्तीसम्म गोरेटो बाटो तथा शिव मन्दिर निर्माण कार्यका लागि पाँच लाख, गिद्धेखोला मुहान गरी आरुगैरादेखि रिपगैरा सिँचाइका लागि पाँच लाख विनियोजन गरिएको छ ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com