रसुवाका समाचारहरू

कोरोनाको कारण चिज बिक्री भएन

धुन्चे, रसुवा, मङसीर २२ गते । कोभिड-१९ को प्रभावका कारण लाङटाङमा उत्पादित चिज बिक्री भएको छैन । आन्तरिक तथा बाह्य पर्यटकको आगमन नभएका कारण चिज बिक्री नभएको हो ।

नेपालकै पहिलो चिज फ्याक्ट्री क्याञ्जिङमा दैनिक चार सयवटा चौंरीको दुध उपलब्ध हुने गर्दछ । कोभिड-१९ कारण सामग्री बिक्री नभएपछि उत्पादन नै बन्द गरिएको बताइएको छ ।

चीज उत्पादन केन्द्रका प्रमुख करग्याल्पो तामाङका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित लाङटाङमा आन्तरिक तथा बाहय पर्यटकको आगमनमा मन्दी छाएपछि यहाँका उत्पादन वस्तुहरु विक्रीमा कमी आएको हो ।

त्यसै गरी चन्दनबारीमा सञ्चालित चिज फ्याक्ट्रीमा पनि त्यस्तै भएको छ । वस्तुहरू बिक्री नभएपछि गोसाइँकुण्ड र नौकुण्ड क्षेत्रका चौंरीपालक कृषकहरूको दुध बिक्री नभएको बताइएको छ ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com