रसुवाका समाचारहरू

गोल्जुङबेशीको मल्लकालीन दरबार

आमाछोदिङ्‍मो गाउँपालिका, वडा नं ४ मा रहेको करीब २५० वर्ष अघिको ऐतिहाँसिक तथा पुरातात्विक स्थल (मल्लकालीन दरबार) अहिले भग्नाबशेष रूपमा रहेको छ । पर्यटकीय विकासम समेत् योगदान दिने यो दरबार सरोकारवालाको चासो बिना संरक्षणको अभाव खेपिरहेको छ ।

त्यतिमात्र हैन बि.सं १९९० सालको भूकम्पले यो दरबार भत्किएपछि दरबारको क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा दर्ता भइसकेको छ ।

ऐतिहाँसिक पक्षलाई नियाल्दा पाटनको अन्तिम राजा जयप्रकाश मल्ललाई पृथ्वीनारायण शाहले हराएपछि उनका उतराधिकारी आफ्नो केही जनतालाई लिएर ज्यान जोगाउन यहाँ आएका थिए भन्ने भनाई रहेको छ ।  त्यतिबेलादेखि नै यहाँ दरबारको निर्माण भएको हो ।

मानिसहरूका भनाई अनुसार यहाँ दुई भाई राजाको दरबार थियो  । एक भाई गोल्जुङवेशी भन्दा करिव ३ किलोमिटर दुरीमा पर्ने जोङघाङ भन्ने डाँडामा दरबार बनाएर बसेका थिए । स्थानीय भाषामा ‘जोङ’ भनेको दरबार र ‘घाङ’ भनेको डाँडा हो । त्यसैले यसलाई दरबार डाँडा भनेर चिनिन्छ । यहाँ पृथ्वीनारायण शाहलाई आक्रमण गरी दुई भाइलाई नै मारेर भएभरको सम्पत्ति लुटेर लगेको धेरै नेवारहरुलाई सम्हार गरेको भन्ने भनाई रहेको बुढापाकाहरू बताउँछन् ।

यो ठाउँ  गुमनाम छ । कमभन्दा कम मानिसलाई मात्र थाहा छ । उचित प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यस नारायण मन्दिर र दरबारको संरक्षण गरेर आफ्नो सांस्कृतिक धरोहरा जोगाउन सबै क्षेत्रहरुबाट लागिपर्नु आजको आवश्यकता हो । स्थानीय सरकारले ओझेलमा रहेका यस्ता पुराना स्थानको संरक्षण गरी प्रचारप्रसार गरे आन्तरिक तथा बाह्य पर्यटकले लागि नयाँ गन्तब्य बन्न सक्नेछन् ।

इतिहास मेटिदै गएपछि आस्था र अस्तित्व मेटिदै जान्छ । त्यसैले आस्थावान वस्तुलाई जिवन्त राख्नुपर्दछ । ऐतिहासिक, धार्मिक भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पर्यटकिय हिसावले पनि यहाँका प्राकृतिक सौन्दर्य वन कार्यालय अन्र्तगत पर्ने ठाउँ भाषा संस्कृतिहरु पनि त्यति नै महत्व रहेको छ ।

 

See Also  : शैलुङ अनलाईन, सरस्वती न्यौपाने - गोल्जुङबेशीको मल्लकालीन दरबार भग्नावशेष, संरक्षण खै ?

 

 

 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com