रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

ज्यर्सा तेन्जे (प्राकृतिक भ्यु टावर)

रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिका, वडा नं ३, गतलाङमा रहेको प्राकृतिक भ्यु टावर हो ज्यर्सातेन्जे । गतलाङ गाउँको सिरानमा रहेको यो दृश्यावलोकनको थलो ४ हजार मीटर उचाईमा अवस्थित छ । 

यस स्थानबाट चीनका हिमश्रृङ्खला, नुवाकोट र धादिङको रूबी भ्याली, नुवाकोटको ककनीलगायत काठमाण्डौंको रानीवन समेत् देखिन्छ । यहाँबाट सिन्धुपाल्चोकको आमायाङ्ग्री हिमाल, गोरखाको मनासलु हिमाल र रसुवाका विभिन्न हिमालहरू देख्न पाइन्छ । 

गणेश हिमा, गोसाइँकुण्ड, पाल्दोर पिक, साञ्जेन भ्याली, नागथली, पाङसाङभ्युलगायत रसुवाका विभिन्न स्थलहरूलाई आँखा अगाडिबाट नियाल्नका लागि यस स्थानमा पुग्नै पर्दछ ।