रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

प्राकृतिक टावर: जुरेढुङ्गा

Jure Dhunga, Naukunda-1 Rasuwa 

(सिप्पा)

28° 2'10.88"N

85°14'38.91"E

 रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका, वडा नं ६ मा पर्ने प्राकृतिक भ्यु-टावरको रूपमा रहेको जुरेढूङ्गा (नामाकरणमा गोरूको जुरो जस्तो  भनेको संज्ञा पाइन्छ) पछिल्लो चरणको पर्यटकीय गन्तव्यको रूपमा चिनिन लागेको छ । कहिले क्याम्पिङ ट्रेकिङ गरिने क्षेत्रको रूपमा रहेको यस जुरेढुङ्गालगायत नौकुण्डको प्रचारप्रसारमा स्थानीय युवादेखि स्थानीय तहसम्म लागेकोले छिट्टै नै यसले पर्यटकीय गन्तव्यको मान्यता पाउने छ । 

थप परिचय

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २९८० मीटर उचाईमा अवस्थित रमणीय अग्लो ढुंगाको मनोरम टाकुरा हो जुरेढुङ्गा । जुरेढुङ्गालाई स्थानीय तामाङहरू 'सिप्पा' भन्ने गर्दछन् । सिप्पालाई भू-ग्रहको एक अंशको रूपमा रहेको विश्वास गरिन्छ । धार्मिक कथन अनुसार जुरेढुङ्गा मनपर्दो एक दुलाहा हुन् र जुरेढुङ्गाकै कछारमा रहेको बिजुलीढुङ्गा दुलही हुन् भन्ने धार्मिक कथन पनि जोडिएको पाइन्छ । 
 
 
 
जुरे ढुङ्गा अग्लो स्थानमा रहेको हुँदा यस स्थानबाट रसुवाको प्राय भाग जस्तै नौकुन्डको प्राय बस्तीहरु , कालिकाको कालिकास्थान बजार लगायतका अन्य बस्तीहरु देखिन्छन भने नुवाकोटको साततले दरबार , बट्टार ,त्रिशुली बजार ,ककनी डाडा लगायत भुकम्पले नभत्किदा खेरी काठमाडौको धराहरासँगै अन्य सहर, लाङटाङ हिमाल,गणेश हिमाल, लौरीबिनायक,गोसाइँकुण्डको पूर्वी भाग, थुमनको नागथली,सातधारे हिमाल ,नौकुन्ड तालको केही भाग,गतलाङ गोल्जुङको पश्चिमी डाडा उतरगयाको उतरी डाडा लगायतका विभिन्न चर्चित स्थानहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यस ढुङ्गाको छेउमा अन्दाजी ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ भने उक्त सुरुङ भित्र पानीको मुहान पनि रहेको छ । जुरे ढुङ्गा एक धार्मिक स्थलको रुपमा रहिआएको हुदां माथी चुच्चोमा जोकोही मानिस जान नमिल्ने र त्यहा गैसकेपछी नराम्रो क्रियाकलाप गर्ने गरेमा असिना पानी ,हुरिबतास,गाउमा रोगब्याधी माहामारि फैलिने जस्ता जन बिश्वास रहीआएको छ।

आगमन

 जुरेढुङ्गा क्षेत्रमा कसरी प्रवेश गर्न सकिन्छ भनेर यहाँ गुगल म्यापको Screen लाई देखाइएको छ ।  पहिलो तस्वीर जुरेढुङ्गाभन्दा माथिबाट र दोस्रो तस्वीर नुवाटको बागेश्वरीको आकाशबाट लिइएको हो । 

 

 

आकर्षण

 

यस क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकोले मुख्य गरी राष्ट्रिय निकुञ्ज र त्यहाँ पाईने विभिन्न वनस्पति र वन्यजन्तु यहाँको आकर्षणहरू हुन् । भौगोलिक विषम धरातल र भू-दृश्य, सूर्योदय, सूर्यास्त, तामाङ संस्कृति, भेषभूषाहरू यहाँका प्रमुख आकर्षणहरू हुन् । 

यस स्थानको ठीक मुनि कछारमा रहेको सेतो गुफा (White Cave) पनि पर्यटकहरूको लागि आकर्षणको थलो हो । 

थप जागकारी....

सन्दर्भ स्रोत

 

 

फोटो फिचर