रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

ऐतिहाँसिक घलेगढी

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, वडा नं ४, ढुङ्गेमा अवस्थित घले दरबार एक ऐतिहाँसिक स्थलको रूपमा रहेको छ । यस स्थानमा एक रहस्यमय ढुङ्गा रहेको छ । त्यस ढुङ्गाभित्र सुरुङ समेत रहेको छ । जहाँबाट पुर्खाहरुले चिनियाँ फौज माथि तोप वर्षाएर विजय हासिल गरेका थिए ।

यस घलेगढी एउटा सिङ्गो पहाडभित्र डरलाग्दो गुफा छ । गुफाभित्र पुर्खाहरुले चिनियाँ फौजहरुसँग लडाई लड्दाको तोप बर्साएको डोपहरु आजसम्म पनि रहेका छन् । ढुङ्गाभित्र त्यतिबेलाको सैनिकहरुले युद्ध लड्ने सामान भात खान मिल्ने धन, दौलत र गाग्री भाँडाकुँडाहरु समेत भएको त्यहाँका स्थानीयहरु बताउँछन ।

घलेगढीको ढुङ्गा माथी नेपाली फौजी र माथि कमेरेगढी रहेको छ । त्यहाँबाट चिनियाँ फौजीहरुले ढुङ्गा बर्साउँथ्यो । पछि केही सिप नलागेपछि चिनियाँ फौजीहरुलाई लखेटेर रसुवागढीमा सन्धि सम्झौता गरेको थियो ।

यस ठाउँमा प्रकृतिसँग रमाउन पिकनिक लगायत फोटो खिच्न मात्रै भएपनि दैनिक मानिसहरुको भीड लाग्दछ । घलेगढीको केही नजिक त्यहाँ भगवान शिवले गोसाईकुण्ड यही बनाउन पोखरी बनाउदै गर्दा भाले बसेपछि नबनाएको भन्ने किम्बदन्ती रहेको छ ।
स्वर्णिम आनन्द आउने यहाँबाट गणेश हिमाल लगायतका अन्य हिमश्रृंखलाहरु देख्न सकिन्छ ।

पुर्खाहरुले आफ्नो स्वाभिमान विरता प्रदर्शन गरेर भूमिलाई बचाएको आस्थाको धरोहरलाई नजिकबाट नियालेर अझ धेरै संरक्षण र उचित प्रचारप्रसार गर्न जरुरी देखिन्छ । यसको महिमा र संरक्षण गरे भावी पुस्ताका लागि इतिहासको ज्वालन्त उदाहरण बन्न सक्छ ।

पुर्खाहरुले चिनाएका घलेगढी रसुवागढी, कमेरेगढी लगाएतका यस जिल्ला भित्र धेरै गढीहरु रहेका छन् ।

घलेगढीमा अहिले पनि तोपका प्वालहरु देख्न सकिन्छ । थोरै मानिसलाई मात्र थाहा भएको घलेगढी घलेहरु र चाइनाको फौजीहरुको युद्ध भएको भएर घलेगढी रहेको मानिन्छ ।

 

Important Places

हाम्रो अनुरोध

रसुवा जिल्लाका विभिन्न महत्वपूर्ण स्थल, सम्पदालगायतका लेख, रचना र समाचार छन् तपाइँसँग भने हामीलाई जानकारी गराउँन सक्नुहुनेछ । तपाइँको महत्वपूर्ण सहभागिताका लागि समेत् अनुरोध गर्दछौं । रसुवा जिल्लाको पर्यटकीय विकासमा इट्टा थप्ने कार्यमा लामबद्द हुन इच्छुक सबैमा अपिल गरिन्छ । 

email@rasuwanepal.com 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com