रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

कोतघर धैबुङ (धैबुङकोट)

(अवशेष नरहेको - एउटा गुमनाम कोतघर)

मानिसको भनाई अनुसार गोसाईकुण्ड जाने तीर्थालुलाई माथि जाँदा ओड्नका लागि घुम पठाउने र खानामा दही दिने प्रचलनबाट पनि यस ठाउँको नामाकरण 'दहीघुम' रहँदै आएको र दही घुमको अपभ्रंश भएको रूप नै 'धैबुङ' हो भन्ने भनाई रहेको पाइन्छ । यही धैबुङ गाउँमा बनेको कोतघरलाई धैबुङकोत भनियो र बोलीचालीमा गाउँको नामाकरण धैबुङकोट रहन गएको हो । 

परिचय

कालिका गाउँपालिकाको वडा नं २ मा रहेको धैबुङकोटको ऐतिहाँसिक महत्व रहेको छ । साबिक धैबुङ गाबिसको नामाकरण पनि यही ठाउँको नामबाट हुन गएको हो । धैबुङको नामाकरणका सम्बन्धमा विभिन्न भनाईहरू रहेका छन् ।

पृथ्वीनारायण शाहको राज्य एकीकरणका क्रममा युद्द व्यवस्थापनका लागि कोतघर बनाईएको र त्यही समयदेखि गोरखाबाट गोरखनाथको मूर्ति टाउकोमा बोकेर गोसाईकुण्ड स्नान गरी सो मूर्तिलाई गोरखा नै पुर्याउने प्रचलन थियो भन्ने भनाई रहेको छ । त्यसक्रममा मूर्ति बोक्ने सिद्दबाबालाई यहाँस्थित कोतघरमा राखी सत्कारसहित खानामा दही र पानी पर्दा ओढ्नका लागि घुम दिइने चलन थियो । त्यतिबेलादेखि नै यो स्थान दही, घुमको रूपमा प्रख्यात हुँदै गयो । अर्काथरि मानिसको भनाई अनुसार गोसाईकुण्ड जाने तीर्थालुलाई माथि जाँदा ओड्नका लागि घुम पठाउने र खानामा दही दिने प्रचलनबाट पनि यस ठाउँको नामाकरण 'दहीघुम' रहँदै आएको र दही घुमको अपभ्रंश भएको रूप नै 'धैबुङ' हो भन्ने भनाई रहेको पाइन्छ । यही धैबुङ गाउँमा बनेको कोतघरलाई धैबुङकोत भनियो र बोलीचालीमा धैबुङकोट भनिएक हो । 

कालिकास्थान, चिउरीबोट नजिकै बनेको भनिएको उक्त कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बतसँग लडाई लडेका थिए भन्ने किंबदन्ती पनि रहेको छ । ऐतिहाँसिक पक्षलाई नियाल्दा २०३२ सालभन्दा अघि धैबुङलगायतका ठाउँहरू नुवाकोटमा थियो । बेलकोट, मालाकोट, धुँवाकोट, भैरमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामाकरण भएको हो । नुवाकोट नामाकरण हुँदा धैबुङकोट नुवाकोटमा रहेको र २०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा सिमाङ्कन गरिएको ऐतिहाँसिक पक्ष विभिन्न दस्ताबेजहरूमा पाईन्छ । नुवाकोट हुँदा यस ठाउँलाई 'रामकाली गाउँपञ्चायत'को नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राम मन्दिर धैबुङमा रकेको कालिका मन्दिरको संयुक्त नामलाई समाबेश गरी 'रामकाली' नामाकरण गरिएको भन्ने तथ्य/भनाई पाईन्छ । 'रामकाली' हुँदा हाल नुवाकोटमा रहेका केराघारी, मभीर, कुवापानीलगायतका स्थान पनि रसुवामा नै पर्दथ्यो भन्ने भनाई पाईन्छ । पछि रसुवा नै भएपछि पुन संरचना हुँदा रसुवाको बेत्रावतीको भाग 'रामकाली' गाउँ पञ्चायतमा र धैबुङ, जिबजिबेलगायतका भुभाग 'जिबजिबे नीलकण्ठ गाउँ पञ्चायत'मा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्ताबेजहरूमा साविकको धैबुङ गाविसलाई 'जिबजिबे नीलकण्ठ' भनेर उल्लेख गरेको पाइन्छ ।

राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको समयमा यस भूभागमा आउँदा आफूसँग आएका भाई भारदारलाई बाली (कुत) उठाएर खाने गरी केही भूभागहरू उनीहरूको नाममा दर्ता गराएका थिए भन्ने भनाई रहेको छ र हालसम्म पनि त्यही जमिनहरू बिर्तावालाहरूको नाममा रहेको पाईन्छ ।

अवस्थिति र आगमन

रसुवा जि्पाला कालिका गाउँपालिका,वडा नं २, (साबिक धैबुङ गाविस-६) मा चिउरीबोट नजिकै जस्ताघरे भनिने स्थानीयको जग्गामा (हाल नीजि घर र सडक बनेको जमिन नै कोतघर बनेको जमिन हो । जसलाई हाँ देखाइएको छ ।

अक्षांश : २८ डिग्री ०० मिनेट १५ सेकेण्ड उत्तर

देशान्तर : ८५ डिग्री १२ मिनेट ०३ सेकेण्ड दक्षिण

उचाई : १५०० मीटर 

अन्य आकर्षण

१) कालिका माईको थान

फोटो