रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

रमणीय लामाचेत

रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका, वडा नं ५ मा पर्ने लामाचेत रमणीय स्थलो रूपमा रहेको छ । पिकनिक स्पटका लागि उपयुक्त रहेको यस डाँडाबाट रसुवा र नुवोटका विभिन्न वस्तीहरू देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तका लागि उपयुक्त मानिने यो क्षेत्रबाट कपथली, साँगाचौर,फाम्चेत हुँदै नौकुण्ड गाउँपालिकाको कार्यालय पार्‍च्याङ जान सकिन्छ ।