रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

किमारजोङ : सूर्योदय र सूर्यास्त हेर्न पुग्नै पर्ने ठाउँ

नौकुण्ड गाउँपालिका, वडा नं ५ मा पर्ने किमारजोङ डाँडाबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ ।

पासाङल्हामु राजमार्गको कालिकास्थान घुम्तीबाट जिबजिबे हुँदै करीब २.१० किमी दूरीमा पर्ने किमारजोङ हुँदै नौकुण्ड गाउँपालिकाको कार्यालय पार्‍च्याङलगायतका गाउँहरूमा पुग्न सकिन्छ ।

 किमारजोङ डाँडाका वरपर अन्य मनमोहक दृश्यहरू पनि देख्न सकिन्छ । 

किमारजोङबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य : तस्वीर - विष्णु घले