रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

रमणीय भ्यु पोइन्ट नउर डाँडा

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५ मा पर्ने नउर डाँडा रमणीय भ्यु पोइन्ट हो । धुन्चे-भार्खुबाट ब्राबल-ठूलोस्याफ्रु पदमार्गमा पर्ने यो स्थान सानोभार्खुको सिरानमा रहेको छ । यहाँबाट सानोभार्खुतिर हेर्दा हेलिकप्टर वा प्लेनबाट हेरेको अनुभूति हुनेछ ।

नउरडाँडाबाट देखिने सानोभार्खुको दृश्य