रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

पर्यटकीय क्षेत्र लार्च्याङटार

रसुवाजिल्ला, नौकुण्ड गाउँपालिका, वडा नं ३ मा अवस्थित लार्च्याङटार पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । पिकनिक स्पटको रूपमा विकसित यो क्षेत्र  सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पनि महत्वपूर्ण मानिन्छ ।

नौकुण्ड गाउँपालिकाको कार्यलय रहेको स्थान पार्च्याङको सिरानमा रहेको यस क्षेत्रबाट मनमोहक  दृश्यहरू देख्न पाइन्छ । 

यहाँबाट विकसोन्मुख पर्यटकीय क्षेत्रको रूपमा रहेको नौकुण्ड आउन जान सकिन्छ ।