रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

रमणीय प्राकृतिक स्थल बिजुली ढुङ्गा

 

नौकुण्ड गाउँपालिकाको वडा नं १ मा अवस्थित बिजुली ढुङ्गा एक प्राकृतिक र मनोरम स्थल हो । स्थानीय तामाङ भाषामा यसलाई बिजुली जोङ भनिन्छ । यो सुन्दर तथा प्राकृतिक स्थलसँग परम्परागत रूपमा केही विषयवस्तुहरू जोडिदै आएको छ । यसरी लुकेका सम्पदाहरूको महत्वलाई उजागर गरी पर्यटन विकासमा सहयोग पुर्‍याउने हाम्रो अभियान पनि हो ।

रसुवा जिल्लाको पासङल्हामु राजमार्गको स्याबारीबाट कच्ची सडकको पहुँच रहेको यस स्थानमा कालिकास्थान, घुम्ति बजारबाट ज्याङलाङ, बेताङ हुँदै यस क्षेत्रतर्फ कृषि सडक पनि विस्तार भएको छ । नुवाकोटको बिदुरबाट चोकदे, लच्याङ हुँदै नौकुण्ड गाउँपालिकाको कार्यालय पार्‍च्याङबाट पनि यस स्थानमा प्रबेश गर्न सकिन्छ ।  

यस स्थानको शिरानमा महतवपूर्ण प्राकृतिक टावर जुरेढुङ्गा अवस्थित छ । 

बिजुलीढूङ्गासँग जोडिएको परम्परागत बैदिक विषयलाई यहँ चर्चा गरिएको छ  जुन् चर्चालाई नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले स्थानीय व्यक्तिहरूसँग बार्तालाप गरी तयार गर्नुभएको हो ।

विषय यसरी सुरू हुन्छ : - धेरै बर्ष अघिको कुरो हो, निर्कु भुमे (सरमथलीमा रहेको छ ) को छोरीको रुपमा बिजुली ढुङ्गा रहेको बैदिक कथन छ । बिजुली ढुङ्गा  हुर्किदै, बढ्दै गएपछि एकदिन बिबाहको कुरा चलेछ । त्यतिखेर बिजुली ढुङ्गालाई बिबाह गर्छु भनी सिप्प अर्थात जुरे ढुङ्गाले हात माग्न जानु भएछ ! त्यसरी माग्न गएपछि बिजुली ढुङ्गालाई सिप्पसँग बिबाह गराइदिन निर्कु भुमे राजी भएर बिबाहको तयारी गर्नुभएछ ।  सोही अनुसार सिप्प र बिजुली ढुङ्गाको बिबाह हुने भयो । बिबाहको  दिन आयो तर बिजुली ढुङ्गालाई जुरे ढुङ्गा अर्थात सिप्प मन परेको थिएन तैपनि आफ्नो अभिभावक अर्थात् निर्कुभूमेले भनेपछि बिबाह भएक उल्लेख छ । जुन बिबाहको दिन थियो त्यो दिन मन नलागी नलागी बिजुली ढुङ्गालाई सिप्पले बाजागाजाका साथ मागी बिबाह गरि ल्याउदै गर्दा दुलाही अर्थात बिजुली ढुङ्गालाई बिजिली चराले सुनको डोरीले बोकेर ल्याउदै गर्दा दुलाहा मन नपरेर दुलाहीले सुनको डोरी चँडालेर लाङबुको बिजिली दोङ भन्ने स्थानमा खस्न पुग्यो र बिजुली ढुङ्गाको रूपमा त्यही बस्न पुग्यो ! र सँगै जन्तिहरु पनि त्यही वरपर खस्न पुगेको भन्ने भनाई रहेको छ ।


बिजुली दोङ नजिकै तबु युङ्बा (घोडा ढुङ्गा ) घोडाको आकारमा रहेको छ भने पूर्वपट्टि लाम्राङ ढुङ्गा अर्थात देवताको बारी पनि रहेको छ ।
बिजिली दोङको पूर्वपट्टि  ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ भने पश्चिमपट्टि सत्य युगको बेला देवताहरुले स्थानीयलाइ विवाह, ब्रतबन्ध (छेवर) को लागि भाडाकुडा दिने गरेको भन्ने स्थानीयको भनाई रहेको  छ ।तर परापर्ब कालमा नै एक बिधवा महिलाले बार, तिथि नमिल्ने दिनमा भाडा, बर्तन प्रयोग गरेका कारण भगवान रिसाएर उक्त स्थानमा भाडा, बर्तन प्राप्त हुन छोडेको भन्ने किंबदन्ती पनि रहेको छ ।


बिजुली दोङ नजिकै गोमन साप जस्तै आकारको ढुङ्गा रहेको छ उक्त ढुङ्गा वरपर समय समयमा नाग निस्केर डुल्ने गरेको तर उक्त साप जो सुकै ब्यक्तिले देख्न नसकिने तर भाग्यमानी ब्यक्तिले मात्रै देखिने बिश्वास स्थानीयको रही आएको छ ।


उक्त बिजुली ढुङ्गा वरिपरि फोहोर गर्ने,  मासु पोल्ने,  लसुन, सिस्नु बनाउने, जाडरक्सी सेवन गर्ने जस्ता नराम्रो गतिविधि गर्न नहुने र महिलाहरू बिजुली ढुङ्गामा चढ् नहुने जनिश्वास कायम रहँदै आएको छ ।   


उक्त स्थानमा पुजा पाठ गर्दा औशी पुर्णिामामा गाइको दूध हालेर झाँक्रीद्वारा पूजापाठ गर्ने गरेको र पौष शुक्ल पुर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ।


उक्त मेलामा लामा, झाक्री, स्थानीय कला संस्कृतिको प्रदर्शन र नाँचगान गर्ने गरिन्छ। उक्त मेलामा लाङ्बु, आरुखर्क ,थाङदोर , सिम्बन्दी, यार्सा, लार्च्याङ ,सर्स्यु, घोर्मु, बासभन्ज्याङलगायतका गाउँबाट लामा झाँक्रीको झाँकी सहित मेला आोजना हुने गर्दछ ।

Important Places

हाम्रो अनुरोध

रसुवा जिल्लाका विभिन्न महत्वपूर्ण स्थल, सम्पदालगायतका लेख, रचना र समाचार छन् तपाइँसँग भने हामीलाई जानकारी गराउँन सक्नुहुनेछ । तपाइँको महत्वपूर्ण सहभागिताका लागि समेत् अनुरोध गर्दछौं । रसुवा जिल्लाको पर्यटकीय विकासमा इट्टा थप्ने कार्यमा लामबद्द हुन इच्छुक सबैमा अपिल गरिन्छ । 

email@rasuwanepal.com 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com