रसुवा जिल्ला, वागमती प्रदेश, नेपाल

नेपालको वागमती प्रदेश अन्तर्गत नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण भएको जिल्ला हो रसुवा ।

जिल्लाको परिचय

१५१४ बर्गमीटर क्षेत्रफलमा फैलिएको रसुवा हिमाली १६ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो ।
यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ।


नेपालीहरूको पवित्र तथा पर्यटकीय स्थलको रूपमा निकै स्थानहरू रहेका छन्। रसुवाको प्रवेश खण्ड बेत्रावती (उत्तरगया धाम) देखि रसुवामा विभिन्न ऐतिहाँसिक, सांस्कृतक, धार्मिक तथा विविधता भएका स्थहरू रहेका छन् ।
नेपालको संविधान २०७२ अनुरूप राज्य पुनर्संरचना भएपछि रसुवालाई ५ गाउँपलिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो, गोसाइँकुण्ड,कालिका, नौकुण्ड र उत्तगया गाउँपालकाहरू रसुवामा रहेका छन् । यस अघि रसुवामा १८ वटा गाविसहरू रहेका थिए ।

५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका रहेका छन् । नौकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ ।

रसुवा जिल्ला छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर वसेको एक रमणीय जिल्ला हो। भौगोलिक तथा आर्थिक-सामाजिक विविधताको फलस्वरूप यस जिल्लामा विशिष्ट हिमाली जीवनशैलीका विच रहनसहन भेषभुषा र चालचलनमा तिव्वती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ। यस जिल्लाको नामाङ्करण सम्वन्धमा तिब्बती भाषाको "र" "सोवा" शब्दलाई उदृत गरिएको पाइन्छ। "र"को अर्थ भेडा च्याङ्ग्रा र "सोवा"को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। अर्थात प्रशस्त भेडा च्याङ्ग्रा पाइने स्थान भएकोले "रसोवा" भन्ने गरेको र त्यसको अपभ्रंस भई वोलिचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ।

भौगोलिक अवस्था, भू-बनौट र सिमाना

 

भौगोलिक अवस्था र भूबनौट

रसुवा जिल्ला विषम भौगोलिक परिबेश भएको जिल्ला हो । सामान्यतया भौगोलिक अवस्थाको आधारमा यस जिल्लालाई तीनभागमा विभाजन गरिएको छ । 

१) हिमाली प्रदेश : यस क्षेत्रमा गणेश हिमाल, लाङटाङ हिमाल, लाङटाङ लिरूङ, यलापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ जमिरहने पर्वत श्रृखलाहरू पर्दछन्।

आ) लेकाली प्रदेश : समुन्द्री सतह देखि २५०० भन्दा माथिका उच्च पहाडी भाग जहाँ सधै हिउँदको मौसममा वरावर हिमपात हुने यस क्षेत्रमा पर्दछन् । विशेष गरी लाङटाङ, क्यान्जिङ, घोडातबेला, गोसाइँकुण्ड, लौरीविनायक, चन्दनवारी, माङचेत, सोमदाङ, गञ्जला भञ्ज्याङ आदि यस प्रदेशमा पर्ने मुख्य स्थानहरू हुन । यस भेगका मानिसहरू मौसम अनुसार वसोवास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन भएको महशुस हुन्छ ।

इ) पहाडी तथा वेंसी प्रदेश : समुन्द्री सतह देखि २,५०० भन्दा तलको भागलाई यस जिल्लाको भू– स्वरूप अनुसार पहाडी भागमा समावेश गर्न उपयुक्त हुने देखिन्छ । वेत्रावती, पैरेवेसी, स्याफ्रुवेसी, फलाखु खोलाको किनार आदि नगन्य मात्रामा वेसी परेका स्थानहरू भएतापनि मुख्य मुख्य स्थानहरू पहाडी भू–भाग भएकोले स्थानीय जन–जीवनमा पहाडी प्रभाव अत्यधिक रहेको छ । धुञ्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जन–जीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । खेतीपाती, पशुपालन र नगन्य रूपमा जागिर यस भेगका बासिन्दाहरूको मुख्य व्यवसाय र पेशा रही आएको छ ।

भू-उपयोगिता

रसुवा जिल्लाको कुल क्षेत्रफल १५४४ बर्ग किमी रहेको छ । जसमध्ये खेतीयोग्य जमिन ११९.१४ ब.किमी,हवाई मैदान : ०.०४ ब. किमी, जंगल ३८.८८ ब.किमी, हिमनदी ९०.६८ ब.किमी, बरफ चट्टान ०.५३ ब.किमी, बलौटे क्षेत्र ७.७५ ब.किमी, जल क्षेत्र ४३.२४ ब.किमी रहेको छ भने ६३५.५४ ब.किमी जमिन खेर गइरहेको छ । 

प्रति ब.किमी २८ जना जनघनत्व रहेको यस जिल्लाको टोपोग्राफ्री नक्सा अनुसार ११९.३१ ब.किमी रेको उल्लेख छ । 

सिमाना

यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सीमाना जोडिएको छ ।

हावापानी, संस्कृति, रहनसहन र भेषभूषा

हावापानी

साधारणतया, यहाँको हावापानी १,९०० मिटर भन्दा माथिको उचाईमा धेरै चिसो पाईन्छ । विषम धरातलीय स्वरूपको कारण हावापानीमा पनि विषमता हुनु स्वाभाविकै मानिन्छ । ५,००० मिटर भन्दा माथिको हिमाली भेगमा ज्यादै चिसो हावापानी, लेकाली प्रदेशमा ज्यादै चिसो र गर्मी याममा केहि उष्ण हुने गर्दछ । वेसी भू–भागमा प्रायः उष्ण हावापानी हुने भएकोले हावापानीको एकीन अवस्था पहिल्याउन कठिन छ । मनसुनी वर्षा र लेकाली हिमाली वर्षा हुने भएकोले करिव जेष्ठ महिना देखि आश्विन महिनासम्म प्रसस्त वर्षा हुने, मौसम प्रायः वदली रहने गर्दछ । आश्विन, कात्र्तिक, फाल्गुण, चैत्र र वैशाख महिनामा मौसम निकै राम्रो र सफा हुने गर्दछ ।

रहन सहन र भेषभूषा

 

संस्कृति/चाडपर्व

 

 

घरपरिवार र जनसंख्या सम्बन्धि विवरण

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस जिल्लाको कुल जनसंख्या ४३,३०० छ । जसमध्ये पुरूष २१,४७५ र महिला २१,८२५ छन् ।