जिबजिबे नीलकण्ठ महादेव

रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं ५, जिबजिबेस्थित रमणीय स्थल थुम्कीमा अवस्थित नीलकण्ठ महादेव मन्दिर समुद्री सतहबाट १३०० मीटर उचाईमा अवस्थित छ 

मन्दिरको परिचय

रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं ५, जिबजिबेस्थित रमणीय स्थल थुम्कीमा अवस्थित नीलकण्ठ महादेव मन्दिर समुद्री सतहबाट १३०० मीटर उचाईमा अवस्थित छ । पासाङल्हामु राजमार्ग- कालिकास्थानबाट पूर्बपट्टि करीब १.३ किमी दूरीमा पर्ने यो मन्दिरसम्म नै सडक मार्गको विकास भइसकेको छ । यस क्षेत्रमा बिहानदेखि साँझसम्म नै सूर्यको किरण पर्ने हुनाले जाडोमा त्यति धेरै जाडि पनि नहुने र उच्च स्थानमा रहेकोले गर्मीमा न धेरै गर्मी हुने गर्दछ । प्राय शीतोष्ण र समशीतोष्ण हावापानी पाईने यस क्षेत्रमा एकाध वर्षमा हिमपात पनि हुने गर्दछ ।

परापूर्व कालदेखि नै शिलाको रूपमा पुजिदै आएको र वि.सं. २०१८ सालमा यहाँ मन्दिर स्थापना भएको भन्ने भनाई रहेको छ । परापूर्व कालमा यस मन्दिर मुनी बाँधिएको गाई प्रत्येक दिन बिहान हराउने भएको हुँदा खोजी गर्दा उक्त गाईले यस शीलामा दुध झारिरहेको कारण त्यसै बेलादेखि यहाँ पूजाआजा गरिदै आएको भनाईहरू रहेका छन् ।

मङ्सीर शुक्ल त्रयोदशीका दिन बेलुकी पूजाआजा र नाँचगानसहित बालाचतुर्दशीका दिन यहाँ भक्तजनहरूले दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने मेला यहाँको मुख्य पर्व वा मेला भए पनि शिबरात्री, रामनवमी, कृष्णाष्टमी, तीज, बैशाख पूर्णिमा, अक्षय तृतीया आदिमा पनि यहाँ मेला लाग्ने गर्दछ ।

दिबंगत भएका पूर्खाहरूको मोक्ष कामनाका लागि काठमाण्डौंको पशुपतिसम्म शतबीज छर्न र पूजाआजा गर्नका लागि जानुपर्ने बाध्यतालाई टार्न यहाँका तत्कालीन समाजसेवीद्वारा यहाँ पूजाआजा गरी शतबीज छर्ने प्रचलन गरिएको भनाईहरू पाइन्छन् । अन्य समयमा स्थानीय व्यक्तिहरूको मात्र सहभागिता रहने भएपनि बालाचतुर्दशीमा शतबीज छर्ने कार्यका लागि छिमेकी जिल्ला नुवाकोटबाट पनि भक्तालुहरू आउने गर्दछन् ।

केही समय अघि एकपटक मन्दिर भत्कँदा वास्ता नगरेको कारण यहाँ चट्याङको भय आकस्मिक बढेको, मान्छे तथा पशुभाउको क्षति भएको तथा मन्दिर निर्माण गरी पुजा गर्न थालेपछि सो भय हटेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

वि.स. २०६५ मा नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति गठन भई कार्य भएको भए पनि वि.सं. २०७० मा मात्र संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

अवस्थिति र आगमन

कालिका गाउँपालिकाको पूर्वी क्षेत्रमा पर्ने जिबजिबेमा अवस्थित छ यो मन्दिर। पासाङल्हामुराजमार्ग अन्तरगत पर्ने कालिकास्थान, घुम्तीबाट जिबजिबे- सर्स्युँ  

सडक खण्डमा पर्ने जिजिबे बजारबाट दक्षिणतर्फ अवस्थित यो मन्दिर थुम्कीको रमणीय डाँडामा रहेको छ ।

उचाई : १३५० मीटर (४८४५ फिट)

अक्षांश : २७ डिग्री ५९'  ३३''     देशान्तर : ८५ डिग्री १३' २९''

 

 

 

फोटो फिचर

नीलकण्ठ महादेव मन्दिर परिसरमा रहेकी ज्वालामुखी भुमे 

 

 

आकर्षण

- ५४ फिटे महादेवको शालिक निर्माण हुने योजना कार्यान्वयनको अवस्थामा रहेकोछ । 

- भ्युटावर पनि नाउन उपयुक्त स्थल,

- भू-दृश्यको अवलोकन 

- सूर्योदय र सू्यास्तको अवलोकन

- समयसमयमा छत्रनाँच, पूजाआजा र भजन, कीर्तन हुने 

विविध

Your text...