प्राकृतिक चिकित्सालय 'तातोापानी'

रसुवा जिल्ला आमाछोदिङ्‍मो गाउँपालिका, वडा नं ५ मा अवस्थित तातोपानीको पोखरीको स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । गानुगोला, बाथ, कुष्ठरोग, चर्मरोग, पिनास, हाडजोर्नी दुख्ने समस्या भएका मानिसहरू यस पोखरीमा नुहाउनका लागि आउँछन् । नेपालका सबै स्थानका तातोपानीभन्दा यहाँको तातोपानी बढी महत्व रहेको छ ।

प्राय वर्षैभरि मेला लाग्ने यस कुण्डमा कार्तिक महिनामा धेरै मानिसहरूक आवातजावत हुने गर्दछ ।  

बि.सं २०७२ सालमा भुकम्पका कारण यहाँको पानीको मूल हराएको थियो भने हालै आएको अर्को पराकम्पनका कारण पुन: यहाँ तातोपानी निस्केको छ । यहाँ तातोपानी निस्केपछि पुन: यहाँ नुहाउन आउनेको संख्या बढ्दैछ ।