रसुवा जिल्लाको संक्षिप्त परिचय 
प्रदेश : वागमती
स्थानीय ह संख्या (गापा) : ५ (पाँच)
वडा संख्या :  २७ (सत्ताईस) 
क्षेत्रफल :  १५५४ ब.कि.मी
अक्षांस :  २८ ०’ देखि २८ १५’ उत्तर
देशान्तर :  ८५ १५’ देखि ८५ ५०’ दक्षिण
जम्मा जनसंख्या (जनगणना २०६८) : ४३३००
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :  २८.०४
घरपरिवारको संख्या :  ९७७८
जनसंख्या बृदिदर : -०.३३
लैङ्गिक अनुपात :  ९८.४
औषत परिवारक आकार : ४.४३
सबैभन्दा होचो स्थान :  बेत्रावती (६१४ मी)
सबैभन्दा अग्लो स्थान :  लाङटाङ
   
Resource :   

भुकम्पले भत्काएको खानेपानी आयोजना मर्मत

पार्‍च्याङ, रसुवा, पौष, १ गते ।  रसुवाको नौकुण्ड गाउँपालिकामा भुकम्पले भत्काएको खानेपानी आयोजना मर्मत गरिएको छ । नौकुण्ड गाउँपालिकाको समन्वयमा बतास फाउन्डेसनले नौकुण्ड गाउँपालिका ३ घिचेतमा भुकम्पले भत्काएको खानेपानी आयोजना मर्मत गरिएको हो ।

२०७२ सालको भुकम्पले सबै संरचना पुर्णरुपमा क्षति हुँदा खानेपानीको अभाव झेलिरहेका स्थानीय खानेपानी आयोजना मर्मत पछि भने हर्सित भएका छन् ।

आयोजनामा क्षती पुगेपछि खानेपानीको चरम समस्या झेल्नु परेको स्थानीय समाजसेवी प्रवीण घलेले बताउनुभयो । खानेपानीको समस्याले गाउँको खेतिपति देखि पशुपालन र घरमा पिउने पानीसमेत निकै नै कठिनाइ भएको स्थानिय घिचेत ग्रामीण खानेपानी योजना तथा मर्मत सुधार उपभोक्ता समितिको अध्यक्ष विपिन लामाले बताउनुभयो ।

 ७ लाख रुपैयाँको लागतमा सम्पुर्ण निर्माण कार्य सम्पन्न भएको बतास फाउन्डेसनका कार्यक्रम संयोजक प्रकाश विश्वकर्माले जानकारी दिनुभयो । गाउँपालिकाको सहज समन्वय, सहयोग र स्थानियको सक्रिउतामा छिटो समयमै खानेपानीको मर्मत कार्य सम्पन्न भएको विश्वकर्माले बताउनुभयो । गैरसरकारी संघ संस्थाहरुको सहकार्यमा काम गर्दा धेरै कामहरुमा टेवा पुगेको वडा अध्यक्ष मेम्बर थिङ तामाङले बताउनुभयो ।

 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com