रसुवा जिल्लाको संक्षिप्त परिचय 
प्रदेश : वागमती
स्थानीय ह संख्या (गापा) : ५ (पाँच)
वडा संख्या :  २७ (सत्ताईस) 
क्षेत्रफल :  १५५४ ब.कि.मी
अक्षांस :  २८ ०’ देखि २८ १५’ उत्तर
देशान्तर :  ८५ १५’ देखि ८५ ५०’ दक्षिण
जम्मा जनसंख्या (जनगणना २०६८) : ४३३००
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :  २८.०४
घरपरिवारको संख्या :  ९७७८
जनसंख्या बृदिदर : -०.३३
लैङ्गिक अनुपात :  ९८.४
औषत परिवारक आकार : ४.४३
सबैभन्दा होचो स्थान :  बेत्रावती (६१४ मी)
सबैभन्दा अग्लो स्थान :  लाङटाङ
   
Resource :   

दिबंगत आत्माको मोक्षका लागि सतबिज छरियो

जिबजिबे, रसुवा,मङ्सीर २८ गते । दिबंगत आत्मा वा मृत्युवरण गरेका पितृहरूको सम्झनामा जिबजिबेमा शतवीज छरिएको छ । जिबिबेस्थित नीलकण्ठ महादेव मन्दिरमा भक्तालुहरूले शतवीज छरेका हुन् ।

मङ्सीर कृष्ण त्रयोदशीदेखिका रात्री द्वीप प्रज्वलन र भजन, कीर्तन सहित रातभर जाग्राम रहेर आज चतुर्दशीका दिन बिहानैदेखि भक्तजनले दिंगत पितृको सम्झना र मोक्षयात्रा कामना गर्दै शतवीज छरेका हुन् ।

आफ्ना घरपरिवार वा दाजुभाईमध्ये दिबंगत पितृको सम्झनामा दिय बाल्ने र शतवीज छर्ने चलन रही आएको छ । द्विप प्रज्वलन र शतवीज छर्नैका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटाउन यहाँका पूर्वज, अग्रज स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला र शतवीज छर्ने चलनको आयोजना गरिन थालिएको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडलले बताए ।

नेपाल र भारतका विभिन्न शक्तिपीठ र त्रिवणी धामहरूमा शतवीज छर्नका लागि भीड लाग्ने गर्दछ । शतवीजमा विभिन्न सात प्रकारका अन्नहरू मिलाइन्छ । जसमा धान, गहुँ, मास, मुगी, कागुन, सामा, तील, मकैलगायत विभिन्न फल र फूलहरू पनि रहने गर्दछन् । शतवीजमा ठाउँ अनुसार अन्नहरू फरक प्रयोग हुन सक्छन् ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com