रसुवा जिल्लाको संक्षिप्त परिचय 
प्रदेश : वागमती
स्थानीय ह संख्या (गापा) : ५ (पाँच)
वडा संख्या :  २७ (सत्ताईस) 
क्षेत्रफल :  १५५४ ब.कि.मी
अक्षांस :  २८ ०’ देखि २८ १५’ उत्तर
देशान्तर :  ८५ १५’ देखि ८५ ५०’ दक्षिण
जम्मा जनसंख्या (जनगणना २०६८) : ४३३००
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :  २८.०४
घरपरिवारको संख्या :  ९७७८
जनसंख्या बृदिदर : -०.३३
लैङ्गिक अनुपात :  ९८.४
औषत परिवारक आकार : ४.४३
सबैभन्दा होचो स्थान :  बेत्रावती (६१४ मी)
सबैभन्दा अग्लो स्थान :  लाङटाङ
   
Resource :   

मुआब्जा निर्धारण नभएको भन्दै सडक अबरूद्द

धुन्चे, रसुवा, मङ्सीर २७ गते । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आजदेखि बन्द भएको छ ।

स्याफ्रुदेखि रसुवागढी सडकखण्डको टिमुरेस्थित तातोपानी क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारणमा स्थानीय प्रशासनले उचित मूल्यांकन नगरेको भन्दै गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक संघर्ष समितिले मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा बन्द गराएका हुन् ।

सडक बन्द हुँदा चीनबाट नेपाल भित्रिएका सामान बोकेर गन्तव्यतर्फ जान लागेका सवारी बीचमै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवामा यही मंसिर २५ गते बसेको मूल्य निर्धारण समितिको बैठकले बहुमतका आधारमा गरेको निर्णय पूर्वाग्रह, पूर्ण र विधिसम्मत नभएको हुँदा मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक बन्द गराउन आफूहरू बाध्य भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक संघर्ष समितिका अध्यक्ष सरोज न्यौपानेले बताए ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com